Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

विमलनगर सडक खण्ड एक महिना आंशिक बन्द हुने

०९ शुक्रबार , फाल्गुण २०८१३ दिन अगाडि

विमलनगर सडक खण्ड एक महिना आंशिक बन्द हुने

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको विमलनगर सडक खण्ड एक महिना आंशिक बन्द हुने भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका-४, विमलनगर सडक खण्ड निर्माणकार्यलाई तीव्रता दिन एक महिना आंशिक बन्द हुने भएको हो ।

पृथ्वीराजमार्गअन्तर्गतको बन्दीपुर–४ चुनपहरास्थित सडक निर्माणकार्यलाई तीव्रता दिन फागुन ९ गतेदेखि चैत ९ गतेसम्म एक महिना बन्द गर्न लागिएको हो । सडक निर्माणकार्यलाई तीव्रता दिन उक्त सडक खण्डको यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँपुलसम्म पॉच सय मिटर सडक आंशिक रूपमा बन्द हुने बताइएको छ ।

आवश्यकतानुसार समयसमयमा ४५ मिनेटदेखि एक घण्टासम्म सडकमा आवतजावत बन्द गरिने मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताएका छन् । 

सडक आंशिक रूपमा बन्द गरिने अवधिमा साना सवारीसाधन तथा मोटरसाइकलले वैकल्पिक मार्ग (विमलनगर-मर्स्याङ्दी पुल-कुमाल गाउँ-नयाँपुल पुल) को प्रयोग गर्न र ठूला सवारीसाधनले सवारी रोक्दा, सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न अनुरोध आग्रह गरिएको छ ।