
अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाे कारण पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली भएकाे छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
त्यसैगरि आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पनि विभागले जनाएकाे छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे छ ।
त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे पनि विभागकाे भनाइ रहेकाे छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएकाे छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।