
काठमाडाैँमा जारी अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेका छ । हिँजाे साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेकाे हाे ।
नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको एक खेलअगावै फाइनलमा प्रवेश गरेका हाे । त्यसैगरि प्रतियोगितामा म्यानमार पनि किर्गिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै एक खेलअगावै फाइनलमा प्रवेश गरिसकेको छ ।
सावित्रा भण्डारीले खेलको ४२औँ मिनेटमा प्रहार गरेको बल लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएकाे र साेहि गाेलले नेपाललाई जिताएकाे हाे । हिँजाेकाे खेलमा १-० काे जित निकाल्दै नेपाल ६ अङ्क बटुलेर फाइनल प्रवेश गरेकाे हाे ।
चार देश सहभागी प्रतियोगितामा रहेकाे अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग फाइनल खेल खेल्नेछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजे हुनेछ भने सोही दिन दिउँसो २ बजे लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।