Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप नेपालले लेबनानसँग भिड्ने

०८ बिहिबार , फाल्गुण २०८१४ दिन अगाडि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप नेपालले लेबनानसँग भिड्ने

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल लेबनानसँग खेल्दै छ । साँझ ६ बजे सुरु हुने खेलमा नेपालले लेबनानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

फागुन ५ गतेदेखि शुरु भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता फागुन १४ गतेसम्म संचालन हुनेछ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको उक्त खेलमा नेपाल लगायत म्यानमार,लेबनान र किर्गिस्तान सहभागी रहेका छन् ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो । यता नेपालले यसअघिको पहिलो खेलमा किर्गिस्तानलाई १-० ले  पराजित गरेको थियो ।

पहिलो खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेको नेपाली टोली दोस्रो जित निकाल्दै फाइनल प्रवेशको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ भने पहिलो खेलमा म्यानमारसँग ३-१ को हार बेहोरेको लेबनानले आज नेपाललाई हराएर फाइनल सम्भावना जीवित राख्ने प्रयास गर्नेछ ।

पहिलो खेलमा शानदार जित निकालेको म्यानमार शीर्ष स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । दुवै टोलीको समान ३ अंक भए पनि गोल अन्तरका कारण नेपाल दोस्रो स्थानमा परेको हो । अंकविहीन किर्गिस्तान तेस्रो स्थानमा रहँदा लेबनान तालिकाको पुछारमा रहेको छ ।

आज दिउँसो २ बजे हुने पहिलो खेलमा किर्गिस्तान र म्यानमार भिड्ने छन् । महिला फुटबलमा नेपाल र लेबनान पछिल्लो एक वर्षमा दोस्रो पटक आमनेसामने हुन लागेका हुन् । गत वर्ष साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले लेबनानलाई २-१ ले हराएको थियो ।