
काभ्रेमा जन्ती पुर्याएर फर्केको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । तेमाल गाउँपालिका ३, कुन्डोलमा ना.४ ख ८८१७ बस दुर्घटना हुँदा ५० वर्षे राम सिङ तामाङको मृत्यु भएकाे हाे ।
काभ्रेपलाञ्चोककाे तेमालमा जन्ती पुर्याएर फर्केको बस ट्रनिङमा व्याक गर्ने क्रममा सडक बाट करीब २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । उक्त बस दुर्घटनामा अर्का एकजना घाइते भएको बताइएकाे छ ।
बस दुर्घटनामा तेमाल-१, का ५० वर्षिय राम सिङ तामाङकाे घटनास्थलमै मृत्यु भएको थियाे । बसका चालक मकवानपुर जिल्लाकाे बागमति गाउँपालिकाका ५० वर्षिय कृष्ण ब्लोन गम्भिर घाईते भएकाे र उनलाइ उपचारको लागी धुलीखेल अस्पताल पठाईएकोमा उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।