Advertisement Banner
Advertisement Banner

१२ सोमबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

आज वर्षा र हिमपातको सम्भावना

०८ बिहिबार , फाल्गुण २०८१४ दिन अगाडि

आज वर्षा र हिमपातको सम्भावना

आज मुलुककाे विभिन्न भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको बताइएकाे छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेकाे र तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो मधेसबाहेक बाँकी ६ वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे पनि विभागले जनाएकाे छ । त्यसैगरि उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकाे छ ।

आज काठमाडौं उपत्यकामा दिउँसो वर्षाको सम्भावना रहेकाे छ भने काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको पनि विभागकाे भनाइ रहेकाे छ ।