Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कलिङ्गा इन्स्टिच्युटकाे घटनाप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

०६ मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

कलिङ्गा इन्स्टिच्युटकाे घटनाप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त

भारतकाे ओडिसास्थित भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्यनरत एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति नेपालस्थित भारतीय दूतावासले दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ ।

दूतावासले विज्ञप्तिमार्फत ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान शुरु गरेको जनाउदै कलिङ्गा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन, कक्षा पुनः शुरु गर्न र छात्राबासमा बस्न अपिल गरेको बताएकाे छ ।

विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको जिम्मेवारी लिने बताउँदै कलिङ्गा इन्स्टिच्युटले विद्यार्थीहरूलाई क्याम्पसमा फर्किन आग्रह गरेकाे दूतावासले जनाएको छ । 

भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरू दुई देशबीचको स्थायी जनस्तर सम्बन्धका महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै दूतावासले भारत सरकारले नेपाली विद्यार्थीहरूको हकहित सुनिश्चित गर्न सबै आवश्यक कदम चाल्ने जनाएको छ ।