Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपालकाे सबैभन्दा बढी प्रदूषित शहर भक्तपुर

०६ मंगलबार , फाल्गुण २०८१एक बर्ष अगाडि

नेपालकाे सबैभन्दा बढी प्रदूषित शहर भक्तपुर

नेपालकै सबैभन्दा बढी प्रदूषित शहरमा भक्तपुर परेको छ । वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीको पछिल्लो अपडेट अनुसार भक्तपुरको वायु प्रदूषण १९१ एक्यूआई पुगेसँगै प्रदूषित शहर बनेकाे हाे ।

मौसमविद् रोजिन लामिछानेका अनुसार देशका अधिकांश भूभागमा पर्याप्त वर्षा नभएकाे र डढेलोको क्रम बढेकाले प्रदूषणको मात्रा बढेको हाे । उपत्यकाका तीनै जिल्ला र देशका धेरै शहरमध्ये भक्तपुरमा सबैभन्दा बढी प्रदूषण देखिएको छ । वर्ल्ड एअर क्वालिटी इन्डेक्सले भक्तपुरका विभिन्न स्थानमा गरेको मापनमा वायु प्रदूषण खतराको तहमा पुगेको सङ्केत दिएको छ ।

यसअघि पनि माघ २५ गते बिहान ६ बजेको समयमा भक्तपुरको खरिपाटी, सुडाल, सुडालको सरस्वतीस्थान, काठमाडौं क्यान्सर सेन्टर, सल्लाघारी कटुन्जे, सैनिक मुख्यालय, झौखेल, खरिपाटी चाँगुनारायण, झौखेल चाँगुनारायण, बेसीगाउँ चाँगुनारायण, दधिकोट, मध्यपूर थिमी, सिपाडोल, नाङ्गेल, दुवाकोट, नलिनचोक चित्तपोल, साँगा भञ्ज्याङ, ताथली, चाकुपाट ताथलीका विभिन्न २२ ठाउँमै उच्च वायु प्रदूषण देखिएको थियाे ।