Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सवारीसाधन छड्के जाँचमा ३१.९८ प्रतिशत फेल

०५ सोमबार , फाल्गुण २०८१एक बर्ष अगाडि

सवारीसाधन छड्के जाँचमा ३१.९८ प्रतिशत फेल

सवारीसाधनकाे प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका छन् । वातावरण विभागले गरेको प्रदूषण सम्बन्धी छड्के जाँचमा ३१.९८ प्रतिशत सवारीसाधन ‘फेल’ भएका हुन् ।

वातावरण विभागले चालु आर्थिक वर्ष २०८१/८२ मंसिर २० देखि माघ १० सम्म गरेको छड्के जाँचमा काठमाडौंमा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको बताइएकाे छ । विभागले यसबीच ५ सय १९ सवारीसाधन जाँच गर्दा ३१.९८ प्रतिशत सवारीसाधन फेल भएको बताएकाे हाे ।

विभागले छड्के जाँच गरेकाे मध्ये १ सय ६६ फेल भएका छन् भने ३ सय ५३ पास भएकाे छ । त्यस्तै काठमाडौं महानगरपालिकाले समेत पछिल्लो समय सवारी प्रदूषण चेकजाँच बढाएको छ ।