Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुनको मूल्य तोलामा २७ सय घट्यो

३० बुधबार , माघ २०८१एक बर्ष अगाडि

सुनको मूल्य तोलामा २७ सय घट्यो

नेपाली बजारमा केहीदिनदेखि उकालो लागेको सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले गिरावट आएको हो ।

बुधबार सुनको मूल्य तोलामा २ हजार सात सय रुपैयाँ घटेसंगै बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि हिँजो मंगलबार सुनको मूल्य तोलाको १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य घटेको हो । मंगलबार तोलामा १ हजार ९ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर १ हजार ९ सय ३० रुपैयाँ कारोबार भइरहेको छ ।