Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै

३० बुधबार , माघ २०८१एक महिना अगाडि

विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै

नेपाल लगायत विश्वभर आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । याे दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा आतंकवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तर सरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अविवादविरुद्ध सचेतना फैलाउने उदेश्यका साथ मनाउन थालिएकाे हाे ।

संयुक्त राष्ट्रसंघको आह्वानमा मनाइने यो अन्तर्राष्ट्रिय दिवसमा आतंकवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तर सरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चारमाध्यमले अविवादविरुद्ध सचेतना फैलाउने गरेका छन् ।

यो अन्तर्राष्ट्रिय दिवसमा आतंकवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा जोड दिँदै राष्ट्रसंघीय महासभाले हरेक वर्ष फेब्रुअरी १२ का दिन मनाउने घोषणा गरेको थियाे । राष्ट्रसंघले विश्व शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रभावित पार्ने हिंसात्मक अतिवादलाई परास्त गर्दै धार्मिक, सांस्कृतिक, सामाजिक, सहिष्णुताको सन्देश प्रवाह गर्न दिवस मनाउन सुरू गरेकाे हाे ।

यसअघि सन् २०१६ मा संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले हिंसात्मक अतिवाद रोक्नेसम्बन्धी कार्ययोजना महासभामा प्रस्तुत गरेसँगै यो दिवस मनाउन सुरू गरिएकाे थियाे ।