
बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाबाट नगद र अवैध लागू औषधसहित दुई पक्राउ पक्राउ परेका छन् । अवैध लागू औषध १३ किलो अफिम र १ लाख ३३ हजार ६ सय ५५ रुपैयाँ नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिकाका ५४ वर्षीय सूर्य बहादुर मोक्तान र मकवानपुर कैलाश गाउँपालिकाका ४५ वर्षीय भिम बहादुर मोक्तान रहेका प्रहरीले जनाएकाे छ ।उनिहरूलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीकाे टाेलीले पक्राउ गरेकाे बताइएकाे छ ।
प्रहरीले हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.२-०३-००१ प १६१४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा रहेको १३ वटा पोकाबाट उक्त अफिम फेला पारी चालक सूर्य बहादुर र स्कुटरमा सवार भिम बहादुरलाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।