Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

आज स्वस्थानी व्रत समापन गरिँदै

३० बुधबार , माघ २०८१एक महिना अगाडि

आज स्वस्थानी व्रत समापन गरिँदै

पौष शुक्ल पूर्णिमादेखि सुरू भएकाे एक महिने लामाे स्वस्थानी व्रत आज समापन गरिँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा शुरु गरेको एक महिने लामाे स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गर्न लागिएको हो ।

एक महिना अघि पौष शुक्ल पूर्णिमाकाे दिन विधिपूर्वक व्रत सुरू गरी नित्य मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले व्रत समापन गर्न लागेका हुन् । विधिपूर्वक एक महिने व्रत गरेका व्रतालुले आज १०८ को संख्यामा जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने चलन रहेकाे छ ।

त्यस्तै चढाइएका प्रसादमध्ये सबैबाट आठ-आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने र सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बसेर देवीको माहत्म्य सुन्ने-सुनाउने गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास समेत रहेकाे पाइन्छ ।