Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

किसान वर्ग लक्षित प्रभु बैंकले कर्जा प्रवाह गर्ने समझदारी

२७ आइतबार , माघ २०८१एक बर्ष अगाडि

किसान वर्ग लक्षित प्रभु बैंकले कर्जा प्रवाह गर्ने समझदारी

चितवनमा आयोजित राष्ट्रिय डेरी एक्स्पो २०८१ को कृषिमन्त्री रामनाथ अधिकारीले उदघाटन गरेको कार्यक्रममा प्रभु बैंकको किसान वर्ग लक्षित कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

उक्त डेरी एक्स्पो कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष श्री किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट प्रदेश प्रमुख श्री सांग्रीला श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३ सय ११ शाखा कार्यालयहरु, २ सय ८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।