Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आवासीय चिकित्सकलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको साथ

२७ आइतबार , माघ २०८१एक बर्ष अगाडि

आवासीय चिकित्सकलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको साथ

श्रम शोषणविरुद्ध आन्दोलनरत आवासीय चिकित्सकहरुलाई बंगलादेशमा मेडिकल शिक्षा पढिरहेका नेपाली विद्यार्थीहरुले साथ दिने भएका छन् । नेपालीज स्टुडेन्ट एसोसिएशन बंगलादेशले  विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकहरुले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

मेडिकल क्षेत्रलाई व्यापारका रुपमा मात्र लिनेहरुको चरम श्रम शोषणबाट आवासीय चिकित्सकहरु पीडित भइरहेको र वर्षेनी हजारौं नेपाली युवा चिकित्सकहरु आवश्यक तलब, सुविधा अभावका कारण विदेशिन बाध्य भएको उल्लेख गर्दै एशोसिएशनले भनेको छ, ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको नेतृत्वमा भइरहेको यो देशव्यापी आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहेको जानकारी गराउन चाहन्छौं ।’

स्वास्थ्य क्षेत्रको विकास, वैज्ञानिक व्यवस्थापन एवं डाक्टरको हकहितका निम्ति सरकारी एवं गैरसरकारी तर्फबाट थुप्रै संघसंस्था गठन गरिएतापनि राजनीतिक सिण्डिकेट र व्यक्तिगत स्वार्थमै केन्द्रित रहँदा मुलुकको स्वास्थ्य एवं स्वास्थ्य शिक्षाको अवस्था दयनीय भएको एसोसिएशनको ठहर छ ।

एसोसिएशनले स्वास्थ्य क्षेत्रमा सकारात्मक एवं आमूल परिवर्तन गर्न चाहने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी एवं मेडिकल विद्यार्थीहरुलाई आन्दोलनमा पूर्ण समर्थन गरी सफल पार्न समेत आग्रह गरेको छ ।