Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चितवनमा माघ २५ गतेदेखि २७ गतेसम्म ‘डेरी एक्स्पो’ हुँदै

२५ शुक्रबार , माघ २०८१एक बर्ष अगाडि

चितवनमा माघ २५ गतेदेखि २७ गतेसम्म ‘डेरी एक्स्पो’ हुँदै

चितवनको भरतपुरमा आजदेखि ‘डेरी एक्स्पो’ हुँदैछ । चितवन प्रदर्शनी केन्द्रमा माघ २५ गतेदेखि २७ गतेसम्म प्रथम राष्ट्रिय प्रदर्शनी हुन् लागेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघको संयुक्त आयोजनामा हुने प्रदर्शनीमा दुग्ध उत्पादनसम्बन्धी ५२ प्रदर्शनीकक्ष समावेश गरिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले जनाएको छ ।

तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा ‘डेरी प्रसेसिङ’ तथा पशु आहार उद्योगका ‘मेसिनरी’ तथा उपकरण र दुग्धउत्पादन प्रदर्शन गरिने बताइएको छ । दूध किसानको समस्या समाधन, पशुपालनमा प्रविधिको प्रयोग र उत्पादन लागत घटाउन सकिने उपायबारे अवलोकन तथा किसानलाई बुझ्न  प्रदर्शनी उपयोगी हुनेछ ।

प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने बताइएको छ ।

उक्त प्रदर्शनी कार्यक्रमको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उद्घाटन गर्ने कार्यक्रम आगामी आइतबार समापन हुने ओजकाले जनाएको छ ।