पृथ्वीनारायण शाहको देश, वीरविरांगनाको देश, अनुक विभूतिहरुको देशमा कम्युनिष्ट दिवस निरन्तर मनाइने प्रचलन बसेको छ। किन यस्तो? सबै राजनीतिक दलहरु लोकतन्त्रको राजमार्गमा आइसकेका छन्। विवाद छ, लोकतन्त्रप्रतिको विवाद छैन। प्रक्रियाको, जनमुखी भएन भन्ने विवाद होला तर लोकतन्त्र सबैले स्वीकार गरेर शान्तिमार्गमा आइसकेपछि फेरि किन कम्युनिष्ट दिवस? लोकतन्त्रवादीहरुले त लोकतन्त्र दिवस मनाउनु पर्ने होइन र?
लोकतन्त्र दिवसमा राज्यले लाजमर्दो तरिकाले प्रहरी, स्काउट, स्कूले विद्यार्थी र सरकारी कर्मचारीलाई उपस्थित हुनैपर्ने फर्मान जारी गरेर लाजमर्दो तरिकाले लोकतन्त्र दिवस मनाइन्छ तर कम्युनिष्ट दिवसका दिन अठारै थरिका कम्युनिष्ट उपस्थित हुन्छन्, तिनका कार्यकर्ताको भीडभाड पनि देखिन्छ। मानौं, लोकतन्त्रवादी बनेका कम्युनिष्टहरु अहिले पनि लोकतन्त्रविरोधी मान्यता राख्छन्, जनवादी शासन व्यवस्थाको भित्री अभिष्ठ पालिरहेका छन् र त्यही अभिष्ठप्रति निर्देशित छन्।
यहीकारण कुनै कम्युनिष्टले स्वाभिमानी होइन भन्दैन। सार्वभौमिकताको वकालत पनि गर्छ र आफूलाई देशभक्त पनि हुा भनेर गुड्डी हााक्छ। तर देश निर्माणकर्ता, देशलाई आफ्ना कालखण्डमा जुरुक्कै उचालेका देशभक्तहरुलाई कहिल्यै सम्मान गर्दैन। जो माओ, मार्क्स र लेनिनको फोटोमा पूजा गरेर प्रार्थना गर्छन्, तिनले नेपाली हुा त भन्छन् तर नेपाली विभूतिप्रति शीर निहुराएको देखिन्न।
aविदेशी वीरप्रति शीर निहुराउने र स्वदेशी वीरप्रति सम्मान प्रकट गरेर नेपालीत्वप्रति गौरव गर्न नसक्ने कम्युनिष्ट कसरी स्वाधीन हुनसक्छ? भनिन्छ, कम्युनिष्टहरु राष्ट्रवादी हुादैनन्, तिनले देशको सीमा देख्दैनन्। कम्युनिष्टहरु अन्तर्राष्ट्रियवादी हुन्छन् त्यसैले त्यही सोच नेपालमा पनि विकसित भएको छ।
माओको चीनमा माओ सम्मानित छन् तर माओवादी बनेर होइन, त्यहाा खुल्ला अर्थतन्त्रको विकास गरेर देशलाई आर्थिक उन्नतितिर उन्मुख गराइएको छ। मार्क्स र लेनिनप्रति पनि सम्मान कम भएको छैन। उत्तर कोरियामा किम इल सुङप्रति त्यहााका नागरिक नतमस्तक छन्। विश्वबाट एक्लिदा, राष्ट्रसंघले आर्थिक नाकावन्दी लगाउादा पनि उत्तरकोरियालीको खुट्टा डगमगाएको छैन। उनीहरु देशप्रति, माटोप्रतिको अगाध आस्था बचाउन लडिरहेकै देखिन्छन्।
नेपालमा? भारतले नाकावन्दी लगाउादा इन्धन नदिए साइकल चढ्छु भन्ने नेताहरु छन्। हावाबाट विजुली निकाल्ने र चुलोसम्म ग्यासको पाइप बिछ्याइदिन्छु भनेर हाासोको पात्र बन्ने सरकार छ। यथार्थवादी कोही छैनन्, सबै सपनावादी छन्। सपना बेचेर, आशा देखाएर जनतालाई पिछलग्गू बनाउने कम्युनिष्ट शासन शायद यस्तै हुन्छ। सोझा नेपाली कम्युनिष्ट सपनामा रुमल्लिएका छन्। मानौं, कम्युनिष्टहरु लखनौंको भुलभुलैया हुन् र जनता अलमिलएका छन्।
नेपाल कम्युनिष्ट पार्टीका स्थापना दिवस तथा तत्कालीन सोभियत संघका नेता भिआई लेनिनको १४६औा जन्मजयन्तीको अवसरमा कम्युनिष्टहरु एक भएर उभिए। प्रचण्डले सबै कम्युनिष्ट एक हौं भनेर आह्वान गरे। देशलाई जाति, भाषा, भेष, क्षेत्रमा विभाजित गर्ने प्रचण्डको सोच कम्युनिष्टलाई एक हौं भन्ने छ। अचम्म होइन त यो? कम्युनिष्ट एक हुनु आजको आवश्यकता रे। १ सय २६ जातिको नेपाल एक हुनु आजको आवश्यकता हो कि होइन प्रचण्डजी?
मनाउनोस्, कम्युनिष्ट दिवस मनाउनोस्। तर, नेपाली एकताको आह्वान गरेर एकता दिवस पनि मनाउनोस् न? कम्युनिष्ट परिवर्तनका बाहक हुन्, चेतनाका बाहक पनि हुन्। त्यो परिवर्तन र चेतना जनहितमा हुन्न, जनताको जीवनमा देखिन्न, जनजीवन शैली बन्दैन भने लौरो न हतियारजस्तो भएन र? - रोशन कार्की