Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज नैकाप-बलम्बुस क्षेत्रकाे बिजुली काटिने

२४ बिहिबार , माघ २०८१एक बर्ष अगाडि

आज नैकाप-बलम्बुस क्षेत्रकाे बिजुली काटिने

आज काठमाडौं उपत्यकाकाे नैकापदेखि बलम्बुसम्मका क्षेत्रमा पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त क्षेत्रमा विद्युत् आपूर्ति हुने भएकाे हाे  ।

बिहान ११ देखि अपराह्न ४ बजेसम्म पाँच घण्टा विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएकाे छ । विद्युत् लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली आपूर्ति बन्द गरिने भएकाे हाे । प्राधिकरणले हिँजाे बालकुमारी, इमाडोल र लुभु वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेर त्यस क्षेत्रमा काम गरेकाे थियाे ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्ने कार्य गरिरहेकाले प्राधिकरणकाे कार्यतालिका अनुसार विद्युत् आपूर्ति बन्द गरेर काम सम्पन्न गरिरहेकाे छ ।