Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आमा समूह:योगदान देखिएला?

१३ सोमबार , बैशाख २०७३११ बर्ष अगाडि

सत्ता र शक्तिमा आमा समूहको कामना गरेको धेरै भयो। पुरुष प्रधान समाजमा महिलामाथि सधैं अन्याय र विभेद भइरहन्छ भन्ने आरोप लागिरहेकै थियो। नेपालमा लोकतन्त्रपछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशमा महिला नियुक्त भएका छन्। यो मातृशक्तिको उदयसँगै राज्यका सबै सञ्जालहरुमा महिलाहरुप्रति हेर्ने दृष्टिकोण र महिलाले पाउने अवसरहरुमा बृद्धि हुनथालेको छ। पुरुष नेता र कर्मचारीबर्गले सेवाभावभन्दा स्वार्थभाव बढी देखाएर देशलाई भ्रष्टाचारको दलदलमा भसाएको स्थितिमा यी मातृशक्तिले नयाँ खालको शासन पद्धतिमा योगदान दिनुपर्छ। यही निरन्तरता रहने हो भने देशको कार्यकारी प्रधानमन्त्रीमा पनि महिला नियुक्त हुन नसक्ने कुरा छैन। त्यतिभयो भने देश महिलाले हाँक्नेछन् र देशले काँचुली फेर्नेछ।

महिलाहिंसा, महिलामाथि यौन शोषण र अत्याचारको अन्त्य गर्दै समानता र न्यायपूर्ण समाज सिर्जना गर्न दिएको योगदान देखिएला?