Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रौतहटमा फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने

२३ बुधबार , माघ २०८१एक बर्ष अगाडि

रौतहटमा फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने

आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म रौतहटको मौलापुरमा छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ । मौलापुर नगरपालिकाका अनुसार मौलापुरस्थित पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरि स्थानीय पर्यटन प्रवर्धनमा सहयोग पुराउने उद्देश्यले महोत्सव आयोजना हुने भएको हो ।

नगरपालिकाले छैटौँ ‘मधानी महोत्सव’ बारे पत्रकार सम्मेलन गरी आगामी फागुन ११ देखि १५ गतेसम्म संचालन हुने बताएको हो । धार्मिक, सामाजिक, सांस्कृतिक, व्यापारिक क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले जानकारी गराएकी हुन् ।

उक्त महोत्सवमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागिता रहने र मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने बताइएको छ । मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले ८७ लाख विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिएका छन् ।

त्यस्तै पत्रकार सम्मेलनमा नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको मौलापुर महादेव मन्दिर नेपाल सरकारको सय वटा प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण समेत गराएकी थिईन् ।