Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सरकारी अस्पतालका फार्मेसीले औषधि छैन भने कारबाही गर्ने

२३ बुधबार , माघ २०८१एक बर्ष अगाडि

सरकारी अस्पतालका फार्मेसीले औषधि छैन भने कारबाही गर्ने

कुनै पनि सरकारी अस्पतालका फार्मेसीले बिरामीलाई औषधि छैन भनेर बाहिर किन्न पठाए कारबाही गरिने भएकाे छ । विश्व क्यान्सर दिवसको अवसरमा आज भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेकाे ‘रिपोर्टिङ भेन्डिङ मेसिन’को उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त कुरा बताएका हुन् । 
   
मन्त्री पौडेलले कतिपय अस्पतालका फार्मेसीले नियतवश नै बिरामीलाई औषधि छैन भन्ने गरेको सुनिएको भन्दै “औषधि छैन भन्ने फार्मेसी किन राख्ने, त्यस्ता कार्य नियतवश हुन्छन्, त्यसैले अबदेखि फार्मेसीले बिरामीलाई औषधि छैन भन्न नपाइने बताउँदै यदि त्यसाे गरेमा कारबाही गरिने बताए ।

त्यसैगरि सरकारी अस्पतालमा भएका उपकरण बिग्रियो भनेर हप्तौँसम्म नबनाउने र बिरामीलाई बाहिर जान बाध्य पार्ने कार्य पनि अब रोक्नुपर्ने बताउँदै मन्त्री पौडेलले अस्पतालका उपकरण बिग्रिए तत्कालै अस्पतालमै अर्को विकल्प दिनुपर्ने भन्दै उनले अस्पतालका उपकरण नबिग्रिकन बिग्रियो भन्ने अवस्थाको पनि अन्त्य हुनुपर्ने बताएका थिए ।