Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

धार्मिक आस्थामाथि ठेस पुग्ने फोटो भिडियो नबनाउन अनुरोध

२३ बुधबार , माघ २०८१एक बर्ष अगाडि

धार्मिक आस्थामाथि ठेस पुग्ने फोटो भिडियो नबनाउन अनुरोध

धार्मिक आस्थामाथि ठेस पुग्ने गरी टिकटक वा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत फोटो भिडियो बनाउने क्रम बढेपछि पुरातत्व विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सञ्चार प्रविधिको दुरुपयोग गरेर धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाको मूल्यमान्यतामा गम्भीर असर पुर्याउने फोटो तथा भिडियो बनाएकोप्रति ध्यानाकर्षण जनाउँदै विभागले त्यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

आज सार्वजनिक सूचना निकालेर विभागले यस्ता कार्यलाई प्रोत्साहित गर्न कमेन्टहरु गर्ने कार्य पनि व्यापक भइरहेकोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई त्यस्ता कार्य नगर्न नगराउन भनेको छ ।

सूचनामा उल्लेख छ, ‘पछिल्ला समयमा सञ्चार प्रविधिको दुरुपयोग गरी विभिन्न माध्यमबाट यहाँ रहेका धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्त्वका  सम्पदाहरुको मूल्यमान्यतामा गम्भीर असर पर्ने टिकटक बनाउने, सामाजिक सञ्जालहरुमा देवीदेवताको तस्बिरहरुमा एआई प्रविधि प्रयोग गरी धार्मिक आस्थामाथि ठेस पुर्याउने फोटो तथा भिडियो बनाई पोष्ट गर्ने र यस्ता कार्यलाई प्रोत्साहित गर्न विभिन्न कमेन्ट गर्ने कार्यहरु व्यापक रुपमा भइरहेकोले त्यस्ता कार्यहरु नगर्न नगराउन हुन अनुरोध गरिन्छ ।’