Advertisement Banner
Advertisement Banner

१० शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

राष्ट्र बैंकद्वारा ऋणीको हितमा ग्राहक संरक्षण कोष खडा गर्न निर्देशन

२२ मंगलबार , माघ २०८१२ बर्ष अगाडि

राष्ट्र बैंकद्वारा ऋणीको हितमा ग्राहक संरक्षण कोष खडा गर्न निर्देशन

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थालाई ऋणीको हितमा खर्च गर्ने गरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकद्धारा गत पुस २३ गते जारी ‘लघुवित्त वित्तिय संस्था सञ्चालन मार्गदर्शन, २०८१’ बमोजिम ऋणीको हितमा खर्च गर्ने गरी कोष सञ्चालन गर्न निर्देशन दिइएको हो ।

आज सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त कोष सञ्चालनका लागि कार्यविधि तयार पारी कोषको रकम ऋणी तथा संस्थाका सदस्यको सेवासुविधामा मात्र उपयोग गर्न भनेको छ । राष्ट्र बैंकका अनुसार कोषको रकम सम्पूर्ण ऋणीहरुको व्यवसाय सञ्चालन सीप जस्तैः लेखा राख्ने, वित्तिय विश्लेषण गर्ने तालिममा उपयोग गर्नुपर्ने छ ।

त्यस्तै, उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम, समस्यामा परेका ऋणीको पुनःस्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा, ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार), प्राकृतिक प्रकोप, सरुवा रोगबाट सिर्जित महामारीको अवस्थामा दिइने सहयोग पनि कोषमार्फत उपलब्ध गराउन सकिनेछ ।

सदस्यका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवं पाठ्यसामग्री प्रदान, नियमित स्वास्थ्य जाँचका लागि हेल्थ क्याम्प सञ्चालन, नजिकको स्वास्थ्य चौकीहरुमा स्वास्थ्य उपकरण खरिद र वातावरण संरक्षण कार्यमा समेत कोषको रकम उपयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।