Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

सवारीसाधनउपर हकदाबी पेश गर्न विभागको आग्रह

२२ मंगलबार , माघ २०८१८ दिन अगाडि

सवारीसाधनउपर हकदाबी पेश गर्न विभागको आग्रह

राजस्व अनुसन्धान विभागले झण्डै एक दर्जन सवारीसाधनउपर हकदाबी पेश गर्न सम्बन्धित व्यक्ति तथा संस्थालाई सूचित गरेको छ । विभिन्न अभियोगमा लामो समयदेखि विभाग परिसरमा रहेका ९ वटा सवारीसाधनउपर हकदाबी पेश गर्न भनिएको छ ।

ती सवारीसाधन छुटाई लैजान कोही कसैले पहल नगरेको भन्दै विभागले गाडी राख्ने स्थानको अभावसँगै टुटफुट एवं खिया लागि थप मूल्य कम हुँदै जाने अवस्थालाई ध्यानमा राखेर व्यवस्थापन गर्न लागिएको जनाएको छ ।

सूचनामा युपी ८४ सी ९८४२, लु २ ख २५३७, लु २ ख १४, ना ६ ख ३५९७ नम्बरको टाटा ट्रकसहित प्र २.०३–००१ ख ३२६५ नम्बरको अशोक लेल्याण्ड, प्र २.०३–००१ ख १९९७ नम्बरको इथर ट्रक, लु २ ख ७५७ नम्बरको महिन्द्रा ट्रक्सो ३१, ना २ ख ४६५९ नम्बरको महिन्द्रा ट्रक्सो ३१ र हचआर २६ सीएस ४४५५ नम्बरको सवारीसाधनमाथि हकदाबी पेश गर्न भनिएको छ ।

यी सवारीसाधन कोही कसैको भएमा प्रमाण पुग्ने कागजातसहित आगामी पन्ध्र दिनभित्र हकदाबी पेश गर्न विभागको अनुरोध छ । अन्यथा, प्रचलित कानूनबमोजिम सवारीसाधनको स्वामित्व सरकारको हुने समेत जनाइएको छ ।