
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले हिमाली १० जिल्लाका विद्यालयहरूमा छात्रावास निर्माण गरिने बताएकी छन् । मन्त्री भट्टराईले रसुवाको नौ कुण्ड गाउँपालिका फाम्चेतस्थित गौतमबुद्व माध्यमिक विद्यालयको ४८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उक्त कुरा बताएकी हुन् ।
मन्त्री भट्टराईले रसुवा जिल्लामा पनि छात्रावास निर्माण गर्न जिल्ला शिक्षा समितिमार्फत माग गर्न निर्देशन दिएकि छन् । उनले ग्रामीण क्षेत्रका विद्यार्थीले स्थानीय स्तरमै कक्षा १२ सम्म सहज अध्ययनको वातावरण मिलाउन छात्रावास निर्माण गर्न लागिएको बताइन् । सरकारले ल्याएको शिक्षा विधेयक अब छिट्टै सदनबाट पारित हुने र सो ऐन बनेपछि शिक्षा क्षेत्रका समस्या समाधान हुने बताइन् ।
त्यसैगरी मन्त्री भट्टराईले यसअघि २०७२ को भूकम्पले हाकु क्षेत्रबाट विस्थापित भई खाल्टेमा बसोबास गरेका १ सय ५९ घरधुरीलाई विद्यालयलगायत सबै आधारभूत आवश्यक पूरा गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गर्ने बताएकी छन् ।