
नेपाली बजारमा सुनको भाउ फेरि आकासिएको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारका लागि नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हिँजो माघ २१ गते सोमबार सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।