Advertisement Banner
Advertisement Banner

३० बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

कर्णालीमा ५ हजार बढी शिक्षक दरबन्दी रिक्त

२२ मंगलबार , माघ २०८१८ दिन अगाडि

कर्णालीमा ५ हजार बढी शिक्षक दरबन्दी रिक्त

कर्णाली प्रदेशमा मूख्य तीन विषय अङ्ग्रेजी, गणित र विज्ञानकाे शिक्षक अभाव भएकाे छ । प्रदेशमा अङ्ग्रेजी, गणित र विज्ञानलगायत अन्य विषयका गरि ५ हजारभन्दा बढी शिक्षकको अभाव भएकाे हाे ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारका अनुसार कर्णालीमा अहिले ५ हजार ५ सय ४९ शिक्षक रिक्त रहेको बताएका छन् ।

कर्णाली प्रदेशमा २ हजार ९ सय ३१ सामुदायिक विद्यालयमा ११ हजार ८ सय ६५ दरबन्दीमा मात्र शिक्षक छन् । हाल विद्यालयका आधारमा १७ हजार ३ सय ८४ हो । त्यस्तै ९ सय २७ प्राविमा ६ सय ४४ जना शिक्षक अपुग छन् । यसमा हुनुपर्ने शिक्षक दरबन्दी ८ हजार ७ सय ९३ हो भने अहिले ८ हजार १ सय ४९ जन मात्र शिक्षक रहेका छन् ।

त्यसैगरि १ हजार १ सय ४० निम्न माध्यमिक विद्यालयमा २ हजार ६ सय ९९ शिक्षक अपुग रहेकाे बताइएकाे छ । उक्त तहमा हुनुपर्ने शिक्षक ४ हजार ५ सय ६० हाे तर अहिले १ हजार ८ सय ६१ जना मात्र कार्यरत रहेका छन् ।

त्यस्तै ६ सय ५ माविमा १ हजार ७ सय ४९ शिक्षक अपुग छन् । माविमा हुनुपर्ने शिक्षक ३ हजार २५ भएपनि अहिले १ हजार २ सय ७६ जना मात्र शिक्षक कार्यरत छन् । त्यसैगर २ सय ५९ उच्च माविमा ४ सय ५७ शिक्षक अपुग छन् । उच्च माविमा १ हजार ३६ शिक्षक हुनुपर्नेमा अहिले ५ सय ७९ जना कार्यरत रहेका छन् ।

कर्णालीमा विशेष गरी अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव रहेकाे शिक्षा अधिकृत सुनारले जनाएका छन् । उनले कानुन अनुसार न्यूनतम प्रावि तहमा ३, निमाविमा ४, माविमा ५ र उच्च माविमा ४ जना शिक्षक दरबन्दी हुनुपर्छ तर उक्त संख्यामा शिक्षक नहुँदा विभिन्न विकल्पमा शिक्षक नियुक्त गरिएकाे बताएका छन् ।  

अहिले निजी स्रोत, स्थानीय तह, प्रदेश तह र संघीय सहयोगबाट शिक्षक नियुक्त गरेर पढाउनुपरेको समेत उनले बताए । कर्णाली प्रदेशको साक्षरता दर ७६.१ प्रतिशत रहेको छ भने अहिले बाल विकासदेखि उच्च माविसम्म ६ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।