
आज गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे हाे ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले एक विज्ञप्ति जारी गर्दै माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेकाे छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको विज्ञप्तिमा जनाइएकाे छ ।
कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जारी गरेको सूचनामा प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएकाे छ ।