Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

ज्ञानेन्द्र तेस्रोपल्ट राजा बन्लान्?

१३ सोमबार , बैशाख २०७३११ बर्ष अगाडि

ज्योतिष ओजराज उपाध्याय लोहनी भन्छन्– पूर्वराजा ज्ञानेन्द्रको तेस्रोपल्ट राजा हुने राजयोग छ। २०७३ सालमा सैनिक शासन हुनेछ, ठूलो जनधनको क्षतिपछि राजनीतिक परिवर्तन हुने भविष्यवाणी गरेका छन् यी ज्योतिषले। राजनीतिक परिवर्तनका बाहक बनेका राजनीतिक दलहरु मनपरी गर्नथालेका छन्। जनता बिपतमा छन्, देश कालोबजार भइसक्यो, कानुनले काम गरिरहेको छैन, कूशासन छ, तस्कर, माफिया र अपराधीहरुले राजनीति चलाएका छन्। त्यसमाथि धर्मको विवाद, संघीयता र सिमांकनको विवाद, नामांकन र गणतन्त्रको विवादले अस्थिरता बढाउँदै लगेको छ। झट्ट हेर्ने जो कसैले निष्कर्ष निकाल्न सक्छ– देशको कानुन व्यवस्था अव विधिको हातमा छैन, नेताहरुको लगाममा पनि छैन।

यो विषयमा थप प्रमाण बनेको छ संविधान। संविधान कार्यान्वयन नहुँदा राजनीतिक दलहरु छाडा साँढे बनेका छन् र सहमतिको नाममा भागबण्डातन्त्र चलाइरहेका देखिन्छन्।

शाही युवाशक्तिले जुलुस निकाल्यो, मोटरसाइकल र्‍याली गर्‍यो र वैशाख ३० गते नेपाल वन्दको आह्वान पनि गरेको छ। जेठ १५ गते गणतन्त्र कार्यान्वयन भएका दिन खुलामञ्चमा विरोध सभा गर्ने कार्यक्रम पनि राखेको छ। शाही युवाशक्ति भन्छ– राजतन्त्र छिटै पुनर्स्थापना हुन्छ। यो युवाशक्तिले पूर्वराजासँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको बरु विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै शीर्ष नेताहरुलाई खबरदारी गर्न नेपाल बन्द लगायतका बृहत्त विरोधका कार्यक्रमहरु अघि सारेको बताएको छ। शाही युवाशक्तिका अध्यक्ष छन् पशुपति खड्का। उनको दावी रहेको छ– 'राजतन्त्र पूर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पूर्नवहाली भैछाड्छ, हामी मिशनमा छौं, यो मिशन पूरा गरेरै छाड्छौं। यो देशमा राजा नआएसम्म मुलुक र जनताले चैनको सास फेर्न सक्दैनन्, त्यसैले राजतन्त्रले मात्रै मुुलुक र जनताको भलाई गर्न सक्छ, यस्ता स्वार्थी नेताहरुको काम छैन।'

यता हिन्दूराष्ट्र चाहिन्छ भन्ने व्यक्ति र शक्तिहरु पनि बिस्तारै बौरिन थालेका छन्। राप्रपा नेपाल ठूलो शक्ति हो, यसले धर्मपरिवर्तनको खतरनाक अभियानप्रति रोष प्रकट गरिरहेको छ। तर सरकारमै बसेर पनि धर्मपरिवर्तनको अभियान रोक्न सफल हुनसकेको छैन।

यसैवीच मधेसी मोर्चाले संघीय गठबन्धन नै निर्माण गरेर हिमाल, पहाड, मधेसलाई आन्दोलित पार्ने कार्यक्रम अघि सारेको छ। मधेस आन्दोलन पनि हिन्दूराष्ट्रतिर सोझिन बेर छैन। त्यसो भयो भने राजावादीको आन्दोलनले पनि गति लिनेछ र नयाा खालको आन्दोलन सुरु हुनेछ। द्वन्द्व चर्किसक्यो, संविधानले संवोधन गर्ने हैसियत राखेन। अव द्वन्द्व सडकमा देखिनेछ र राज्य दमनमा उत्रिने छ। रक्तपातको यो नयाा श्रृंखलासागै अर्को परिवर्तनको गर्भाधान हुनसक्ने देखिन्छ।