Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

काठमाडौंका केही स्थानमा ८ दिन बिजुली बन्द

२१ सोमबार , माघ २०८१२ बर्ष अगाडि

काठमाडौंका केही स्थानमा ८ दिन बिजुली बन्द

काठमाडौंका विभिन्न स्थानमा आजदेखि ८ दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ । कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गत लाइन भूमिगत गर्ने काम शुरु भएसँगै माघ २९ गतेसम्म विद्युत बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणअन्तर्गत काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोगले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ । जसअनुसार आज चावहिल वरिपरिका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

त्यस्तै, भोलि कलंकी मालपोत वरपर, पर्सि बालकुमारी इमाडोल तथा लुभु आसपास, माघ २५ गते नैकापदेखि बल्मबु, २६ गते बल्खु चोकदेखि चोभार गेट, २७ गते  जोरपाटीको बाबा चोकदेखि क्रिकेट स्टेडियम, २८ गते गौशाला चोकदेखि पुरानो बानेश्वर र २९ गते रातोपुलदेखि गौशालासम्मका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।