Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पोखरामा कोटिहोमका नाममा रुख कटान, विवरण संकलन गर्दै महानगर

२० आइतबार , माघ २०८१एक बर्ष अगाडि

पोखरामा कोटिहोमका नाममा रुख कटान, विवरण संकलन गर्दै महानगर

कास्कीको पोखरा महानगरपालिकाले सार्वजनिक स्थानमा रहेका रुखविरुवा कटान गर्नेहरुलाई कारबाहीको चेतावनी दिएको छ । नगर क्षेत्रभित्र कोटिहोमका नाममा अनुमतिबिना सयौं वर्ष पुरानो रुख काटेको भेटिएपछि महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो ।

महानगरले सूचना जारी गर्दै काटिएको रुखहरुको विवरण संकलनसहित उक्त कार्यमा संलग्नको पहिचान गरिरहेको जानकारी गराएको छ । भनिएको छ, ‘महानगरपालिकाले अनुगमनको क्रममा काटिएका रुखहरुको विवरण संकलन गरिरहेको र अनाधिकृत रुपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने समेत जानकारी गराइन्छ ।’

साथै, रुख कटान गर्ने कार्य दण्डनीय हुने भन्दै अनुमति बेगर सार्वजनिक स्थानमा रहेको रुखविरुवा कटान तथा बिक्रीवितरण नगर्न आग्रह गरिएको छ । ‘यस प्रकार अनाधिकृत रुपमा रुख कटान गर्ने कार्य कानूनतः दण्डनीय हुने सचेत गराउँदै रुख कटानमा संलग्न जोकोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गरिने सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ, ‘आफ्नो टोल छिमेकमा रहेका ऐतिहासिक चौतारी तथा रुखविरुवाको संरक्षणमा प्रतिवद्ध बन्न महानगरपालिका आम नगरबासीलाई अनुरोध गर्दछ ।’