Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राजस्व चुहावटमा व्यवसायीविरुद्ध मुद्दा दायर

१६ बुधबार , माघ २०८१एक बर्ष अगाडि

राजस्व चुहावटमा व्यवसायीविरुद्ध मुद्दा दायर

झण्डै साढे ३ करोड राजस्व चुहावट गरेको आरोपमा एक व्यवसायीविरुद्ध मुद्दा दायर भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका प्रोपाईटर अलिम मियाँविरुद्ध राजस्व चुहावटमा मुद्दा दायर भएको हो ।

भन्सार चोरी पैठारी गरिएका मालवस्तुको कारोबार गरी तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान कार्यालय बुटवलले उनीविरुद्ध उच्च अदालत तुलसीपुरमा अभियोगपत्र दायर गरेको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘बिना स्रोतका भन्सार चोरी पैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर तथा आयकर छली गरी राजस्व चुहावट गरेको कसुरका सम्बन्धमा अनुसन्धान सम्पन्न गरी सम्मानित उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा मिति २०८१–१०–१५ मा निज अलिम मियाँविरुद्ध अभियोगपत्र दायर गरिएको छ ।’

उनले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ द्धारा निषेधित कार्य गरी सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

विभागका अनुसार तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बिगो र शतप्रतिशतले हुने सोही रकम बराबर जरिवाना र हदैसम्मको कैद सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ ।