Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

भारतका सचिव नेपालमा

१५ मंगलबार , माघ २०८१एक बर्ष अगाडि

भारतका सचिव नेपालमा

काठमाण्डु– भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाको समीक्षा गर्न भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क (नेपाल–भुटान)का अतिरिक्त सचिव मनु महावर नेपाल किन आउने होलान् । उनको आगमन परियोजना निरक्षण र अनुगमन मात्र होइन, नेपालको नाडी छाम्ने प्रयास पनि हुनेछ । यद्यपि परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक हुनेछ र उनी सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता उनको ३ दिने भ्रमणको एजेण्डा रहेको छ ।
महवारको टोलीमा भारतको ऊर्जा, वाणिज्य, सडक र पेट्रोलियम मन्त्रालयका अधिकारीहरू सामेल छन् । सन १९९६ ब्याचका आईएफएस महावर सन् २००१ देखि २००५ सम्म नेपाल डेस्कमा काम गरी सकेका भएकाले उनी नेपालबारे विशेष दख्खल राख्छन् । उनी माल्दिभ्समा राजदूत भइसकेका अनुभवी पनि हुन् । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुलाई भारत भ्रमण उनैले गराएका भनिन्छ ।
नेपाल भारतवीच अन्तरदेशीय रेल परियोजना, एकीकृत चेक पोस्ट, अन्तरदेशीय प्रसारण लाइन, अरूण तेस्रो जलविद्युत् परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी सडक, सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित परियोजना, पुनर्निर्माण परियोजनालगायतका विषयमा वार्ता हुनेछ । तर कालापानी, लिपुलेक, लिम्पियाधुराका विषय उठान हुनेछैन भनिन्छ ।