Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रवि लामिछाले एक करोड धरौटीमा छुटे

१४ सोमबार , माघ २०८१एक बर्ष अगाडि

रवि लामिछाले एक करोड धरौटीमा छुटे

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएका छन् । लामिछाले आइतबार बैंक ज्ञारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।

बैंक ज्ञारेन्टीमार्फत धरौटी बुझाएर लामिछानेले रिहा भएका छन् । यसअघि बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग गरेको थियो । गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आइतबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।

यसअघि सहकारी ठगी, संगठित अपराध  तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछाने २०८१ कतिक २ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा थिए ।

कास्कीबाट रिहा भएका लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।