Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

समवेदनासंगै मृत्यु दर्ता प्रमाणपत्र घरमै दिन सुरु

१३ आइतबार , माघ २०८१एक बर्ष अगाडि

समवेदनासंगै मृत्यु दर्ता प्रमाणपत्र घरमै दिन सुरु

गोरखाको शहीद लखन गाउँपालिकामा शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दा घरमै मृत्युदर्ता प्रमाणपत्र दिन सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७ ले वडाभित्र मृत्यु भएका व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र शुक्रबारदेखि घरमै पुगेर दिन सुरु गरेको हो ।

वडा कार्यालयले निर्णय नै गरेर शोकमा परेका मृतकका घरपरिवारलाई समवेदना र भेटघाटका लागि पुग्दा घरमै मृत्युदर्ता प्रमाणपत्र उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् ।

वडाबाट नागरिकलाई प्रदान गरिने सेवाप्रवाहलाई थप सहज बनाउन कार्यालयले यस्तो निर्णय गरेको बताउदै वडाध्यक्ष शरण श्रेष्ठले अबदेखि मृत्यु दर्ताका लागि कोही वडा कार्यालयसम्म धाउन नपर्ने बताएका छन् ।

वडाले कार्यालयले पहिलोपटक बुङ्कोटस्थित गरन्जा गाउँका मृतक लीलाबहादुर थापाको परिवारलाई हिजो घरमै पुगेर मृत्युदर्ता प्रमाणपत्र प्रदान गरेको थियो भने अबदेखि नियमित रूपमा मृत्युदर्ता घरघरमा उपलब्ध गराउने पनि वडाध्यक्ष श्रेष्ठले जानकारी गराएका छन् ।