Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नवनिर्मित अस्पताल भवन नगरपालिकालाई हस्तान्तरण

१० बिहिबार , माघ २०८१२ बर्ष अगाडि

नवनिर्मित अस्पताल भवन नगरपालिकालाई हस्तान्तरण

रामेछापकाे मन्थलीमा निर्माण गरिएकाे अस्पतालको नवनिर्मित भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा पन्ध्र शैयाको मन्थली अस्पतालको नवनिर्मित भवन नगरपालिकालाई हस्तान्तरण गरिएको हाे ।

भारत सरकारको आर्थिक सहयोग १० करोड १३ लाख रूपैयाँको लागतमा निर्मित दुई तले नगर अस्पतालको भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले माघ १० गते बुधबार मन्थली नगर प्रमुख लव श्रेष्ठलाई हस्तान्तरण गरेका थए । सालिकेले मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामी र निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा भवन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण पछि नगर प्रमुख श्रेष्ठले अस्पतालको सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज हुने बताएका छन् । उनले नयाँ भवन भएपछि अस्पतालको सेवा विस्तार गर्ने सोचमा आफू रहेको जानकारी गराउँदै नगरको योजनाअनुसार मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने योजना रहेकाे समेत प्रमुख श्रेष्ठकाे भनाइ रहेकाे थियाे ।