Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गैँडाको आक्रमणमा परि भण्डारीको मृत्यु

०९ बुधबार , माघ २०८१एक बर्ष अगाडि

गैँडाको आक्रमणमा परि भण्डारीको मृत्यु

चितवनमा गैँडाको आक्रमण परि एकजनाकाे मृत्यु भएको छ । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको हो ।

गैँडाको आक्रमणमा परी ६ दिनअघि घाइते भएका भण्डारीको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।

मृतक भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । गैँडाकाे आक्रमणमा घाइते भएका उनलाई अस्पताल पुर्‍याएर उपचार गराएकाेमा आज बिहान मृत्यु भएकाे हाे ।