आजदेखि काठमाडौं उपत्यकामा दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै उपत्यकाकाे विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने बताएकाे हाे ।
प्राधिकरणले प्रकाशित गरेकाे सूचना अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध हुने जनाएको छ । सूचना अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने बताइएकाे छ ।
प्राधिकरणको सूचनामा उल्लेख अनुसार विद्युत् अवरुद्ध माघ ९ गतेदेखि १८ गतेसम्म हुनेछ । जसअन्तर्गत आज कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने बताइएकाे छ ।