नेपाली समाज युएईको १६ औं महाधिवेशन सम्पन्न भएको छ । रामबहादुर मोक्तानको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति चयन गर्दै महाधिवेशन टुंगिएको हो । खाडीमा रहेको नेपाली कामदारलाई पर्नसक्ने समस्यालाई मध्यनजर गर्दै स्थापित नेपाली समाज युएईको १६ औं महाधिवेशन आइतबार दुबईमा सम्पन्न भएको बताइएको छ ।
महाधिवेशनले मोक्तानलाई अध्यक्षमा निर्बिरोध चयन गर्दै पार्षद् अध्यक्षमा कमल गिरी, वरिष्ठ उपाध्यक्षमा टंकबहादुर थापामगर, उपाध्यक्षमा केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, रामप्रसाद श्रेष्ठ, लक्ष्मी पौडेल र तारा सिंह विष्टलाई छनौट गरेको छ ।
यस्तै, पार्षद् उपाध्यक्षमा हुमराज बिक, महासचिवमा जीवन पंगेनी, सचिवमा प्रकाशदत्त बडु, अमृत पाण्डे, ऋषिराम लम्साल, महिला सचिवमा रमा न्यौपाने पन्थ निर्वाचित भएको जनाइएको छ । पार्षद् सचिवमा सुरेन तामाङ, कोषाध्यक्षमा कृष्णप्रसाद तिमिल्सना, सह–कोषाध्यक्षमा लीलाप्रसाद भट्ट र प्रवक्तामा युवराज भट्टराई चयन भएका छन् ।
यता, महिला विभाग प्रमुखमा संगिता नेपाल अधिकारीसहित केन्द्रिय सदस्यमा जीवलाल पाण्डे, सिर्जना थापा, बुद्दबहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमलबहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्रबहादुर घर्तिमगर छनौट भएका छन् ।