Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

रित्तो गाग्री बोकेर आएका धरानका मेयर खानेपानी मन्त्रालयमा

०८ मंगलबार , माघ २०८१एक दिन अगाडि

रित्तो गाग्री बोकेर आएका धरानका मेयर खानेपानी मन्त्रालयमा

खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका धरानका मेयर हर्क सम्पाङ खानेपानी मन्त्रालयमा पुगेका छन् । संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेको भन्दै दबाब दिन रित्तो गाग्री बोकेर काठमाडौं आएका हुन् ।

उपमहानगरपालिकाका मेयर सम्पाङ अहिले सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका हुन् । उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।

गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले गाग्रीविनै उनलाई गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका थिए । मेयर सम्पाङले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरिएको भएपनि हालसम्म पानीको अभाव उस्तै रहेको छ । 

खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको लागि संधै विवाद मच्चिने गरेको छ । यता राजनीतिक दलले धरानमा पानीलाई चुनावी एजेण्डा बनाउने गरेकोमा सम्पाङले पनि खानेपानीलाई नै चुनावी मुद्दा बनाएका थिए ।