गएराति गाडी दुर्घटनामा परि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह घाइते भएका छन् । जनकपुरको रामानन्द चोकमा राति करिब साढे ९ बजेकाे समयमा मन्त्री सावर गाडी दुर्घटना हुँदा सिंह घाइते भएका हुन् ।
मधेश प्रदेशका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मन्त्री सिंहको स्पाइनल हड्डीमा चोट लागेको बताइएकाे छ ।
स्वास्थ्य मन्त्री चढेको मधेश प्रदेश ०२-००१ झ-०१६५ नम्बरको गाडी पर्सास्थित खानेपानी डिभिजन कार्यालयको मधेश प्रदेश ०३-००१ झ-००९६ नम्बरको अर्को सरकारी गाडीमै ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।