Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

शिक्षण संस्थामा तालाबन्दी, बन्द हड्ताल भएमा समन्वय गर्न स्थानीय प्रशासनलाई आग्रह

०७ सोमबार , माघ २०८१एक बर्ष अगाडि

शिक्षण संस्थामा तालाबन्दी, बन्द हड्ताल भएमा समन्वय गर्न स्थानीय प्रशासनलाई आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्थाहरुमा तालाबन्दी, बन्द हड्ताल गरिएमा आवश्यक समन्वय तथा सहजीकरण गर्न स्थानीय प्रशासनहरुलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न पेशागत तथा विद्यार्थी संगठनका नामबाट विश्वविद्यालयअन्तर्गत क्याम्पस तथा शिक्षण संस्थामा हुने तालाबन्दी, बन्द हड्ताललगायत गतिविधि रोक्न आवश्यक सहजीकरणका निम्ति स्थानीय प्रशासनलाई आग्रह गरेको हो ।

‘त्यस्ता कार्यमा आवश्यक समन्वय, सहयोग र सहजीकरण गरिदिन स्थानीय प्रशासनलाई समेत मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । शिक्षा प्राप्त गर्ने हरेक व्यक्तिको नैसर्गिक तथा मौलिक अधिकार रहेको उल्लेख गर्दै मन्त्रालयले सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध गर्ने गतिविधि भइरहनु उपयुक्त नहुने बताएको छ ।

‘शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हड्तालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने हुँदा यस प्रकारका गतिविधि शिक्षण संस्थामा नगर्नु नगराउनुहुन सम्बन्धित सबैमा अपिल छ,’ मन्त्रालयले भनेको छ ।