Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

०७ सोमबार , माघ २०८१एक बर्ष अगाडि

सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

पर्सामा २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साले दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले रक्तदान कार्यक्रममा आयोजना गरेको र उक्त रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत सङ्कलन भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति राधेश्याम धिमालले पर्सा जिल्लामा रगतको अभावलाई केही हदसम्म भए पनि परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको जानकारी दिएका छन् । उनले सशस्त्र प्रहरी बल सीमा सुरक्षाको साथसाथै नागरिकसँग हातेमालो गरेर अघि बढ्नका लागि पनि रक्तदान कार्यक्रम गरेको जनाएका छन् ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सशस्त्र प्रहरीले सुरक्षाको साथसाथै सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिँदै आएकोमा खुसी व्यक्त गर्दै सुरक्षा निकायले सुरक्षाको अलवा अन्य सामाजिक गतिविधिमा सक्रिय हुँदा जनताले सहज अनुभूति गरेको बताएका छन् । त्यस्तै सशस्त्र प्रहरी बल पर्साले नेपाल–भारत सीमा क्षेत्रमा स्वास्थ्य शिविरलगायत गतिविधि गर्दै आइरहेको छ ।