सन् २०१४ मा स्थापना भएको काभ्रे सेवा समाज युएईको पाँचौं महाधिवेशन सम्पन्न भएको छ । समाजले बेत्ता घिसिङ्गको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति चयन गर्दै महाधिवेशन सम्पन्न गरेको हो ।
वैदेशिक रोजगारीको शिलशिलामा युएईमा रहेका काभ्रेलीहरुलाई एकताबद्ध गरेर विभिन्नखाले सामाजिक कार्यमा सहयोग पुराउने उदेश्यले स्थापना समाजले युएईको बिकसित शहर दुबईमा पाँचौं महाधिवेशन सम्पन्न गरेको हो ।
आईतबार सम्पन्न पाँचौं महाधिवेशनले बेत्ता घिसिङ्गलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा चन्द्र योन्जन, उपाध्यक्षमा रबिन तामाङ्ग, बुद्ध मोक्तान र मनिष लोप्चन, महासचिबमा ग्याम्सो लामा, सचिव ओम तामाङ्ग, सहसचिव अन्जु दोङ, कोषाध्यक्ष मिलन लामा र सहकोषाध्यक्षमा तेवाङ लामालाई चयन गरेको छ ।
त्यसैगरी समाजको प्रवक्तामा फुर्व योन्जन,कला सस्कृति सचिव सुरेश लामा, खेलकुद सचिव देछेन लामा, महिला प्रमुख रजनी तामाङ्ग छनौट भएका छन् । त्यस्तै कार्यसमिता सदस्यहरुमा सर्मिला लुङ्बा,सोनु लामा,लक्ष्मी गोले, शालिकराम न्यौपाने,बबिता न्यौपाने,मनिराम कार्की,बिरोध मगर,सुदर्शन सेढाई,जित तामाङ्ग,सिसक कंडेल,चन्द्र मगर, महेश तामाङ्ग र रोशनी दोङ चयन भएका छन् ।
समाजको पाँचौं महाधिवेशनले संरक्षकमा गोबिन्द पन्त, प्रमुख सल्लहाकार डीबी लुङ्गेली मगर, सल्लहाकार निरन्जन बस्नेत र जनक सापकोटा छनौट गरेको छ ।