Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

खोखो विश्वकपमा पुरुष र महिला दुवै खेलमा नेपाल उपविजेता

०७ सोमबार , माघ २०८१२ दिन अगाडि

खोखो विश्वकपमा पुरुष र महिला दुवै खेलमा नेपाल उपविजेता

भारतम आयोजित खोखो विश्वकपमा पुरुष तथा महिला तर्फको दुवै खेलमा नेपाल उपविजेताम सिमित भएकाे छ । खोखो विश्वकपमा नेपाली पुरुष तथा महिला दुवै टिम आयोजक भारतसँगकाे खेलमा पराजित भएर उपविजेताम सिमित बनेकाे हाे ।

नेपालविरुद्धको फाइनलमा भारतीय पुरुष टिमले ५४-३६ ले पराजित गर्दै भारतले उपाधि जितेको थियाे । त्यस्तै पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली उपविजेता बनेको थियाे ।

पुरुष तथा महिला तर्फको दुवै खेलमा भारत अपराजित रहँदै च्याम्पियन बनेकाे थियाे । यसअघि पुरुषतर्फ नेपाल समूह ‘ए’ को उपविजेता बन्दै क्‍वाटरफाइनल पुगेको थियो । पहिलो खेलमा भारतसँग ४२-३७ अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई ८०-३४ ले, तेस्रो खेलमा ब्राजिललाई १३४-८ अन्तरले र चौथो खेलमा भुटानलाई ९८-८ अन्तरले हराएको थियो।

क्‍वाटरफाइनलमा नेपालले बांङ्लादेशलाई ६७-१८ को अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुग्दा फाइनल पुग्ने निर्णायक खेलमा इरानलाई ७२-२० ले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो।

त्यस्तै समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४ अंकले, दोस्रो खेलमा जर्मनीलाई ७३-३४ अंकले, तेस्रो खेलमा श्रीलंकलाई ११०-१० अंकले तथा चौथो खेलमा बाङ्लादेशलाई ८४-२४ अंकले पराजित गरेको थियो ।