अमेरिकामा सामाजिक संजाल टिकटक माथि प्रतिबन्ध लगाइएको छ । अमेरिकाले लोकप्रिय एप टिकटक माथि आजदेखि प्रतिबन्ध लगाएको हो ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको शपथग्रहणको एक दिन अघि टिकटक बन्द गरिएको हो । अदालतले डिसेम्बरमा भएको फैसलालाई उल्लेख गरिरहेको थियो भने सर्वोच्च अदालतको फैसलाको बाबजुद बाइडेनले टिकटकमा प्रतिबन्ध लागू गर्ने सम्भावना छैन ।
यता नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलि सोमबार पदभार ग्रहण गर्दैछन् भने टिकटक माथि लगाइएको प्रतिबन्ध निर्णय आगामी डोनाल्ड ट्रम्प प्रशासनले गर्नेछ । राष्ट्रपति ट्रम्पले विशेषाधिकार प्रयोग गरि टिकटकमाथिको प्रतिबन्ध खुलाउने सम्भावना रहेको बताइएको छ ।