Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गोली हानी हत्या गरेको अभियोगमा २ जना पक्राउ

०६ आइतबार , माघ २०८१एक बर्ष अगाडि

गोली हानी हत्या गरेको अभियोगमा २ जना पक्राउ

दाङमा शिकार खेल्न गएका साथीकाे हत्यामा संलग्न भएकाे अभियाेगमा २ जना पक्राउ परेका छन् । हत्या अभियोगमा दंगीशरण– २ का छविलाल डांगी र पुष्प बस्नेतलाई पक्राउ प्रहरीले पक्राउ गरेकाे हाे ।

शिकार खेल्न जाँदा रूखबाट लडेर मृत्यु भएको भनिएका एक युवाको गोली लागेर मृत्यु भएको खुलेको छ । बिहीबार शिकार खेल्न ३ जना स्थानीय जंगलमा गएकाेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीकाे मृत्यु भएकाे थियाे ।

घाइते कुसारीको उपचारका क्रममा शुक्रबार नेपालगञ्जमा मृत्यु भएको र मृत्युपछि शनिबार दाहसंस्कार गर्ने तयारी भैरहेका बेला गोली लागेको सूचना पाएपछि प्रहरीले रोकेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताएका छन् । पोष्टमार्टम गर्दा शरीरमा गोलीका छर्रा फेला परेको बताइएकाे छ ।

हत्या अभियोगमा पक्राउ परेकाे उनीहरूको साथबाट एउटा भरूवा बन्दुक फेला परेकाे र अहिले घटनाबारे थप अनुसन्धान भैरहेको बताइएकाे छ ।