Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सवारीसाधनको मर्मत तथा सरसफाई गर्न आग्रह

०४ शुक्रबार , माघ २०८१२ बर्ष अगाडि

सवारीसाधनको मर्मत तथा सरसफाई गर्न आग्रह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सवारीसाधनको मर्मत तथा सरसफाई गर्न आग्रह गरेका छन् । सवारीसाधनबाट निस्किने धुँवाका कारण वायु प्रदूषण बढ्दै गएपछि उनले आज सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

मेयर बालेनले महानगरको वातावरण विभागबाट खटिएको टोलीले ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण चेकजाँच गर्न थालेको पनि जानकारी गराएका छन् ।

उनले भनेका छन्, ‘के तपाईँको सवारीसाधनको अवस्था ठिक छ, प्रदूषणको मात्रा धेरै छ । अवस्था ठिक छैन भने सवारीसाधनलाई मर्मत सरसफाई गराउनुहोला । हामी ट्राफिक प्रहरीको सहकार्यका लागि सवारीसाधनको प्रदूषण जाँच गरिराखेका छौं ।’

महानगरले वातावरण सुधारका निम्ति वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७ प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ फोहोरमैला संकलन तथा ढुवानी कार्यवित्रि, २०८१ समेत जारी गरेको छ । मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ ।

जसअनुसार सन् १९८० सम्म उत्पादित चार पाङ्ग्रे सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४ दशमलब ५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । त्यस्तै, सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका गाडीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत हुनुपर्छ ।

सन् १९९१ सम्म उत्पादित तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारीको हकमा कार्बन मोनोक्साइडको मात्रा ४ दशमलब ५ प्रतिशत हुनुपर्ने छ । यता, सन् १९९४ सम्म उत्पादन गरिएका सबै किसिमका डिजिटल सवारीमा धुँवाको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।

सन् १९९५ वा सोभन्दा पछि उत्पादित सवारीसाधनमा धुँवाको घनत्व अधिकतम ६५ हर्टिज एचएकयु हुनुपर्ने र जाँचको क्रममा तोकिएको एकाईभन्दा माथिल्लो अंक देखिएमा प्रदूषण मापदण्ड बाहिर हुने महानगरले जनाएको छ ।