Advertisement Banner
Advertisement Banner

०९ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

डिडिसीले तिर्यो तीन दशकको सम्पत्ति कर

०४ शुक्रबार , माघ २०८१२ बर्ष अगाडि

डिडिसीले तिर्यो तीन दशकको सम्पत्ति कर

दुग्ध विकास संस्थान (डिडिसी) ले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । लामो समयदेखि घरजग्गा तथा सम्पत्ति कर नतिरेको डिडिसीले हिजो वडा नम्बर २६ कार्यालय लैनचौरमा १ करोड २ लाख ८७ हजार ९ सय २६ रुपैयाँ कर तिरेको हो ।

डिडिसीले आर्थिक वर्ष २०४९–०४९ देखि ०८१–०८२ सम्मको घरजग्गा तथा सम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला गरेको वडासचिव केदार रिमालले जनाएका छन् । यसअघि डिडिसीसहित सरकारी स्वामित्वका १२ वटा व्यवसायिक संघ-संस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरेको थियो ।

महानगरको पत्राचारपछि करदाताहरु सम्पर्कमा आउन थालेको जनाइएको छ । महानगरको राजस्व ऐन, २०७५ तथा सालबसाली जारी हुने आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा संकलन प्रक्रियाको व्यवस्था गरे अनुसार नक्सा पास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा तथा सम्पत्ति कर गणना गरिन्छ ।

यता संवैधानिक र कानूनी व्यवस्थाबमोजिम पत्राचार गरेर कर दाखिला गर्न अनुरोध गरिएको महानगरका राजस्व विभाग प्रमुख दिपक अधिकारी बताउँछन् । उनका अनुसार नियमित कर नतिर्नेहरुमाथि आर्थिक ऐनले गरेको ‘बक्यौता कर असुलीसम्बन्धी व्यवस्था’ समेत असुलउपर गरिने बताइएको छ ।