Advertisement Banner
Advertisement Banner

०५ शनिबार, माघ २०८१23rd July 2024, 10:09:55 am

शंखरापुरकाे लप्सीफेंदीमा स्थानीय र प्रहरीबीच झडप

०४ शुक्रबार , माघ २०८१एक दिन अगाडि

शंखरापुरकाे लप्सीफेंदीमा स्थानीय र प्रहरीबीच झडप

काठमाडौंको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीमा नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीय र प्रहरीबीच झडप भएको छ । सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीय र प्रहरीबीच गएराति झडप भएकाे हो ।  

गएराति भएकाे झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको थियाे भने नियन्त्रणमा लिएको ४ जनालाई छाडेको बताइएकाे छ । १३ जना बौद्ध प्रहरीको हिरासतमा रहेका छन् । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीका अनुसार काममा अवरोध गरेकाले १३ जनालाई हिरासतमा लिइएको जनाइएकाे छ ।

सबस्टेसन र टावर निर्माणका लागि विहीबार बिहान करिब ११ बजे डोजर पुग्दा स्थानीयले ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले विहीबार राति ९ बजेसम्म पनि धरपकड गरेको स्थानीयको आरोप छ ।

उक्त स्थानमा नेपाल विद्युत प्राधिकरणले तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि सबस्टेसन निर्माण गर्न लागेको हाे । तर स्थानीयले बस्तीको बीचमा सबस्टेसन निर्माण नगर्न माग गर्दै आएका छन् ।  

यसअघि २०८० साल मंसिरमा पनि साेही स्थानमा स्थानीयसँग झडप हुँदा सशस्त्र प्रहरीका डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए ।